काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वरमा रहेको महादेव मन्दिरको दर्शन गरेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व उनले आज (बुधवार) बिहान महादेव मन्दिरको दर्शन गरेका हुन् ।
नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेको बताइन्छ । सो अवसरमा ओलीले नानक मठको पनि दर्शन गरेका हुन् ।