एजेन्सी– चर्चित अमेरिकी र्यापर टेकअफको ह्युस्टनमा गोली हानी हत्या भएको छ । स्थानीय प्रहरीका अनुसार बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी हत्या भएको जनाइएको छ ।
२८ वर्षीय टेकअफ हिपहप समूह मिगोसका सदस्य समेत थिए । उनको हत्यापछिको खबर बाहिरिएसँगै अहिले विश्वभरबाट कलाकार सार्थै उनका फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् ।
उनको घटनामा संलग्न रहेको अभियोगमा अहिलेसम्म कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन्। प्रहरीले आधिकारिक रुपमा मृत्युको घोषणा गर्नुअघि नै गायक टेकअफ मारिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९ १३:५५