काठमाडौं -निर्वाचन आयोगले आशन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ ।
आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृह मन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको जानकारी दिए ।
तर यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदै छ ।