काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताएका छन् ।
नेकपा एमाले काठमाडौं क्षेत्र नंवर १ निर्वाचन परिचालन कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनैपर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताएका हुन् ।
उनले आगामी निर्वाचन महासंग्राम भएको भन्दै गठबन्धनसंग देश बिकासको कुनै लक्ष्य र उदेश्य नै नभएको दावी गरे ।
अध्यक्ष ओलीले भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा विश्वमै नेपाल अग्रस्थानमा रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ ०८:४८