एजेन्सी– फाबियोला भ्यालेन्टिन (मिस पोर्टो रिको २०२०) र मारियाना भेरेला (मिस अर्जेन्टिना २०२०) ले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाह गरेको घोषणा गरेकी छन् ।
पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले इन्स्टाग्राममा आफ्नो सरप्राइज बिहेको घोषणा गरेर फ्यानहरूलाई चकित र खुसी तुल्याएका छन् ।
मारियाना भेरेला र फाबियोला भ्यालेन्टिनले थाइल्याण्डमा भएको २०२० मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा भेटेका थिए, जहाँ उनीहरूले क्रमशः अर्जेन्टिना र पोर्टो रिकोको प्रतिनिधित्व गरेका थिए। प्रतियोगिताको शीर्ष १० मा परेपछि, यी दुई सामाजिक सञ्जालमा नजिकका साथीहरू बनेका थिए। साथी बनेसँगै उनीहरुले गोप्य रुपमा एकअर्कालाई डेट गरिरहेका थिए ।
फ्यानहरू, सेलिब्रेटीहरूले र साथीहरुले उनीहरुको विवाहलाई लिएर बधाई दिइरहेका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १२:२०