काठमाडौं – १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका– ८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगी ती बालिकालाई थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खठिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १२:५१