एजेन्सी - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ ।
गुजरांवालाकाे अल्लाहवाला चाेक मा पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार भएकाे बीबीसी हिन्दीले जनाएकाे हाे ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएकाे जनाइएकाे छ ।
हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको बताइएकाे छ । गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थिए । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् ।गोली लागेर घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा सम्लग्न आरोपित एक जनाको मृत्यु भएको जनाएकाे छ । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेकाे स्राेतले जनाएकाे छ ।
पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानकाे खुट्टामा गाेली लागेकाे बताएकाे खबरमा उल्लेख छ । घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।