काठमाडाैं - हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ।
हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो ।
हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताए।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिएको थियो ।
यसैबीच क्यानका अनुसार कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत एअरले अबको एक महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना समेत पेस गरेको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ ०९:१९