काठमाडौं — सन्राइज बैंकले भ्याली एक्सप्रेस रेष्टुरेन्टसँग सहकार्य गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले रेष्टुरेन्टमा १० प्रतिशत छुट योजना ल्याएको छ । यस योजना अन्र्तगत सन्राइज बैंकका ग्राहकहरूले आङ्खनो डेविट÷ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्टमार्फत् रेष्टुरेन्टको बिल भुक्तानी गर्दा १० प्रतिशत नगद छुट पाउने बताइएको छ । यो योजना सन्राइज बैंकका ग्राहकले राजधानीका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरूबाट २ महिनासम्म लागू हेनछ । बैंकले १५२ एटिएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको जनाइएको छ ।