काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरू सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनार र नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि दुवै एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
बैंकले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखारहित बैंकिङ्ग सेवाबाट सेवा दिँदै आएको जनाएको छ ।