काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरूको बैंक खातामा २० पौष २०७६ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।
बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.०५०३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूलाई लाभांश वितरण गरिएको छ ।
हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीले आङ्खनो शेयर अभौतिकिकरण गराउनु हुन तथा आङ्खनो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउनका लागि प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आग्रह गरे ।