हेमराज भट्ट, नेपालगन्ज, ३ पौष ।
३ दिने प्रशंसनिय दृष्टीकोण तालिम आज सम्पन्न भएको छ ।
बासको आयोजना तथा यूएनडिपीको सहकार्यमा नेपालगन्जमा सम्पन्न तालिमको समापन कार्यक्रममा बोल्दै तालिमका सहभागी मटेहीया गाविसका मकबुल अहमद मुकेरीले तालिमले सकारात्मक बन्न सिकाएको प्रतिकृया दिए उनले आफ्नो गाविसमा सामाजिक सद्भाव कायम गर्न तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । तालिमका अर्का सहभागी बाँके बिनौनाकी उर्मिला वलीले सकारात्मक सोचको नतिजा सकारात्मक हुने भन्दै सकारात्मक कुराको प्रचार प्रसार गर्ने बताईन् । यसैगरी तालिमका सहभागी पुजा रस्तोगीले आफुमा भएको रिस र आबेगलाई कसरी नियन्त्रण गर्ने शिप हासिल गरेको बताईन् उता तालिमकै सहभागी सर्मिला थापाले तालिमबाट ज्ञान र अज्ञानका फाईदा बारेमा स्पष्ट भएको भन्दैे आफु सकारात्मक बन्न तालिमले अभिप्रेरीत गरेको बताइन् । यसैगरी तालिमका सहभागी बिनोद शर्माले तालिमले आफुमा सकारात्मक उर्जा थपेको प्रतिकृया दिए । तालिम समापन कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले तालिमबाट राप्ती पारिका ६ ओटा गाविसका ६ जना युवालाई प्रशंसनिय दृष्टीकोण तालिम प्रदान गरि उनीहरुलाई सामाजिक सद्भाव काम गर्न परिचालन गरिने बताए । पौष १ गते देखि संचालीत तालिममा प्रशंसनिय दृष्टीकोणका विभिन्न बिषयमा प्रशिक्षक बुद्धि तामांगले सहजिकरण गरेका थिए ।