मोरङ – पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी ३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् ।
आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।
उनले भने, ‘म आफै कम्युनिस्ट बिचारबाट प्रभावित र त्यै विचारमा आस्था राख्ने व्यक्ति हुँ । तर पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर्यो । अब युवा र यी चेलीले हाम्रो टोपीको रक्षा गर्ने विश्वास लिएको छु ।’
उनले पार्टीको विचारधारा सही भए पनि नेतृत्व गलत भएका कारण पार्टी नै बदनाम हुनुपरेको जिकिर गरेका छन् । उनले अब आउने निर्वाचनबाट मतदाताले सक्षम नेतृत्व चुन्नु पर्ने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९ १६:४०