काठमाडौं–पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका छन् ।
किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनी सरकारले जानकारी दिएको छ ।सरकारले किन्डिया क्षेत्रीय अस्पतालमा घाइतेहरूको उपचार गरिरहेको सरकारी प्रवक्ता ओस्मान गौअल डायलोले बताएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ १६:०८