काठमाडौं– नेपाल बजारमा मंगलबार सुन तोलामा ३ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १२:१९