काठमाडौं– सिद्घार्थ बैंक लिमिटेडले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिजा रेमिटेन्स’ सेवाको सुरुवात गरेको छ ।
यस नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने छन् । स्वदेशी तथा विदेशी ग्राहकहरुले भिजा रेमिटेन्स सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल÷इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्ने छन् ।
यसरी ‘भिजा रेमिटेन्स’ सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट ( लिंक गरिएको बैंक खातामा ) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सक्ने छन् ।यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १५:३०