जापान - जापान भित्र्याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय रोजगार मेला–२०२२ आयाजेना गर्ने भएको छ ।
रोजगारीका लागि जापान प्रवेश गर्न चाहने विदेशी श्रमिकहरूलाई श्रमका विषयमा जानकारी दिने उद्देश्यले यही नोभेम्बर २६ र २७ तारिख अर्थात् मंसिर १० र ११ गते रोजगार मेला आयोजना गर्न लागिएको हो ।
स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू प्रणालीमा आधारित भएर जापानले रोजगार मेला आयोजना गर्न लागेको जनाएको छ । निर्दिष्ट सीप हासिल गरेर जापानमा काम गर्न चाहनेहरूका लागि रोजगार मेला निकै लाभदायी हुने बताइन्छ । जापानमा काम गर्न चाहने विदेशी श्रमिकहरूले अनलाइन (जुम वेबिनार)मार्फत मेलामा सहभागिता जनाउन सक्ने छन् ।
रोजगार मेला त्यहाँको इमिगसे्र न सभिर्स एजन्सी अफ जापानले प्रस्तुत गरेको छ भने श्रमशक्ति आपूर्तिका लागि महइभ्वपूर्ण भूमिका खल्दै आएको प्रतिष्ठित कम्पनी पासोना ग्रुपले आयोजना गरेको हो ।
मेलामा निर्दिष्ट सीपका लक्षित क्षेत्रमा पर्ने कम्पनीहरूलाई परिचयसहित सहभागी गराइनेछ । कुनै पनि देशका श्रमिकले आफ्नो दक्षता र सीपअनुसारको रोजगार क्षेत्र रोज्न र काम गर्न इच्छुक कम्पनीहरूसँग प्रत्यक्ष संवाद गर्न सक्ने छन् ।
रोजगार मेलामा सहभागी हुन कुनै शुःल्क नलाग्ने र पूर्णतः निःशुल्क रहेको आयोजकले उल्लेख गरेको छ । जापानको अध्यागमन सेवा विभागद्वारा निर्दिेशत यस मेलामा सहभागी हुन अनलाइनमार्फत आफ्नो विवरण इन्ट्री गरेपछि सहभागिताका लागि इमेलमार्फत जानकारी दिइने आयोजकले जनाएको छ ।
एसएसडब्ल्यू प्रणालीमा रोजगारी उपलब्ध गराउने क्षेत्रहरूमा नर्सिङ केयर व्यवसाय, भवनको सरसफाइ, निर्माण उद्योग, जहाज निर्माण र समाग्री उद्योग , अटो मोबाइल मर्मतसम्भार उद्योग रहेका छन् । त्यस्तै अन्य मेसिनरी पाटपुर्जा/औद्योगिक मेसिनरी/विद्युत्, इलेक्ट्रोनिक र सूचनासम्बन्धी उत्पादन उद्योग, उड्डयन उद्योग, आवास उद्योग, कृषि, माछा व्यवसाय, खाद्य र पेयपदार्थ उत्पादन उद्योग र होटल तथा रेस्टुरेण्ट क्षेत्र सहभागी रहेका छन् ।
जापान गएर काम गर्न चाहने सीप भएका दक्ष नेपाली श्रमिकहरूका लागि जानकारी लिन मेला उपयुक्त प्लाटफर्म हुने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सबैको जानकारीका लागि मन्त्रालयले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट मेलासम्बन्धी सामग्रीसमत प्रेषित गरेको छ ।
मेलामा सहभागी हुने भनिएका रोजगारीका क्षेत्रहरूमा अत्यधिक आप्रवासी कामदारको माग रहेको बुझिएको छ । यिनै रोजगारीका क्षेत्रमा दक्ष जनशक्ति आपूिर्त गर्ने उद्देश्यले जापानले अन्तर्राष्ट्रिय रोजगार मेला आयोजना गरेको हुनसक्ने श्रम क्षेत्रका जानकारहरूको भनाइ छ ।
जापानमा विदेशी कामदारको माग उच्च रहेको बताइएको छ । दक्ष कामदार परिपूर्तिका लागि जापान सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौतासमेत गरेको छ । ठूलो संख्यामा कामदार चाहिने भएका कारणजापानले नेपालसहितचीन, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, इण्डोनेसिया, म्यानमार, कम्बोडिया र मंगोलियालगायतका देशबाट आपूिर्त गर्ने नीति लिएको छ ।
यसै क्रममा जापानले एसएसडब्ल्यू प्रणालीलाई आधार मानेर नेपालबाट सीप तथा भाषा परीक्षा पास गरेका दक्ष कामदार लैजान सन् २०१९ मार्चमा जिटुजी सम्झौता गरिसकेको छ । यतिखेर सीप तथा भाषा परीक्षा पास गरेका झण्डै पाँच हजार नेपाली जापान जाने पर्खाइमा रहेका छन् ।
उनीहरूलाई आवश्यक कार्यविधि बनाएर उपयुक्त समयमा पठाइने मन्त्रालयले जनाएको छ ।हाल जापानमा मल्टिनेसनल कम्पनी, नर्सिङ सेवा, केयर गिभर तथाहोटल÷रेस्टुरेन्टहरूमा कामदारको उच्चमाग रहेको बुझिएको छ ।
जापानले मापदण्ड पूरा गरेका दक्ष कामदारका लागि जापानी नागरिकसरह पारिश्रमिक एवं अन्य सेवा सुविधा उपलब्ध गराउने जनाएको छ । उच्च आयस्रोत भएको जापानमा गएका नेपाली श्रमिकले रोजगारीको क्षेत्र हेरी मासिक दुईदेखि पाँच लाख रूपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ ०९:११