काठमाडौं– नेपाली बजारमा आज बुधबार सुन तोलको १४ सय रुपैपाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँ रहेको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला रु ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी स्थिर रहेर प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ १२:२६