एजेन्सी– सिन पेनले आफ्नो एक ओस्कर युक्रेनी राष्ट्रपति भोलोडिमर जेलेन्स्कीलाई दिएका छन् । रुससँग चलिरहेको द्वन्द्वमा देशको विजयमा ‘विश्वासको प्रतीक’ को रूपमा उनले सो अवार्ड दिएका हुन् ।
पेनले सन् २००४ र २००९ मा क्रमशः जितेका दुई उत्कृष्ट अभिनेताको ट्रफी मध्येको एक ओस्कार अवार्ड युक्रेनमा युद्धको अन्त्यसम्म रहने बताएका छन् ।
प्रस्तुतीकरण पूर्ण–स्तरीय युद्धको समयमा देशको तेस्रो भ्रमणको क्रममा पेनले सो ट्रफी दिएको हो ।
अभिनेता पेनलाई जेलेन्स्कीले ‘अर्डर अफ मेरिट अफ द थर्ड डिग्री’ प्रदान गरेका थिए । पेनले युद्ध प्रयासमा उनको महत्वपूर्ण योगदान गरेकोमा उनलाई धन्यवाद समेत दिएका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ १२:५४