डाेटी- बुधबार बिहान करिब ०२१३ बजे खप्तड ईलाका केन्द्र बिन्दु बनाई गएको ६.६ रेक्टर स्केलको भुकम्पका कारण डोटी जिल्ला, पूर्वीचौकी गाउँपालिका वडा नं.३ स्थित गैरागाउँमा जनधनको क्षति भएको छ ।
उक्त स्थानमा नेपाली सेनाको खोज तथा उद्दार टोली तत्काल परिचालित भई जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा भुकम्पमा परी मृत्यु भएका ६ जनाको शव निकालेकाे छ ।
साथै भुकम्पमा परी घाईते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी लगिएको छ ।
उक्त घाईतेहरुमध्ये गम्भिर अवस्थाका २ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको जनाइएकाे छ ।
नेपाली सेनाको उद्दार टोलीद्वारा जिल्ला रेडक्रस सोसाईटी, डोटीसंग आवश्यक समन्वय गरी भुकम्प पिडितहरुका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडावर्तन लगायतका राहत सामग्रीहरु समेत वितरण गरिएको बताइएकाे छ ।