काठमाडाैं - सानिमा बैंकले विशेष छुट दिन दराजसँग “Daraz 11.11” का लागि सहकार्य गरेकाे छ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “सानिमा बैंकको दराजसँग” मा विशेष छुट दिने सहकार्य भएको हाे ।
यस योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने जनाइएकाे छ ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,५००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु ३,०००/– सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाइएकाे छ ।
बैंकका अनुसार योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ । यस योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुने जनाइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९ १९:०४