काठमाडाैं - गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमध्ये १३ प्रतिशत बोनस शेयर रहेको छ भने १.५० प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश रहेको छ।
कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १६:१८