काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीका भूकम्पपीडितलाई सहयोग गर्ने भएकाे छ ।
एनआरएनएले डोटीमा भूकम्पबाट पीडितलाई ५ लाख रूपैयाँ सहयोग गर्ने भएको हाे ।
गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानव कल्याणहितअन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाइते भएका छन् ।
२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पूर्ण क्षति भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १७:५३