काठमाडाैं - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेकाे छ ।
आज शुक्रबार कीर्तिपुरकाे त्रिवि मैदानमा भएकाे राेमाञ्चक खेलमा पुलिसलाई दुई विकेटले हराउँदै आर्मी फाइनलमा पुगेकाे हाे ।
पुलिसले दिएकाे तीन सय पाँच रनकाे लक्ष्य आर्मीले एक बल बाँकी छँदा आठ विकेट गुमाएर भेटायाे । उसका लागि राेहित पाैडेलले ८९, हरि चाैहानले ७५, र राजेश पुलामी मगरले नटआउट ४३ रन बनाए । बलिङतर्फ पुलिसका करण केसीले छ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रन बनायाे । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले एक सय ४० र आरिफ शेखले नटआउट ९१ रन बनाए । बलिङतर्फ आर्मीका विक्रम साेबले तीन विकेट लिए ।
अब आर्मीले भाेलि शनिबार उपाधिका लागि सशस्त्र प्रहरीकाे एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल भाेलि बिहान ९ बजे कीर्तिपुरमा हुने जनाइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १८:१७