सुभा, फिजी –फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् । ‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण अरु तीन हजार विस्थापित भएका छन् । विस्थापित ती व्यक्तिहरू शरणार्थी शिविरमा बस्न बाध्य भएका अधिकारीहरूले जनाएका छन् । शनिबार तीन चरणमा आँधी आएका फिजीको मौसम विज्ञान विभागले जनाएको छ ।
समाचारमा जनाइएअनुसार आँधीले घर, खेतीपातीसँगै धेरै भौतिक संरचनाहरूमा पनि क्षति पु¥याएको छ । ‘समुद्र धेरै माथि देखिएको थियो, यसले समुद्रभन्दा बाहिरी भागमा पनि धेरै ठाउँमा असर पार्ने भन्ने मलाई लागेको थियो,’ एक स्थानीयले एएफपीसँग भने ।
फिजीको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका कर्मचारीहरूले विस्थापितहरूका लागि तत्काल तीन हजार एक सय १५ अस्थायी शिविरहरूको आवश्यकता परेको बताएका छन् ।
आँधीका कारण घरमा क्षति नपुगेकाहरूलाई भने चाडै नै घर फर्काउन सकिने पनि कर्मचारीहरूले जानकारी दिएका छन् । ‘हामीलाई थाहा छ, विस्थापित मध्ये अधिकांशलाई अस्थायी शिविरको आवश्यकता पर्दछ, किनकी अहिले अत्यधिक बर्षा भइरहेको छ, थप खतराको चेतावनी पनि दिइएको छ,’ वरिष्ठ अधिकृत उरैया रैनिमाले बताए ।
उनले अधिकांश घर फर्किन थालिसकेको सूचना आफुहरूलाई प्राप्त भएको पनि जानकारी दिए । आँधी आएको ताभेनी टापुमा झण्डै १९ हजार मानिस बसोबास गर्ने गरेका थिए ।
त्यस क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको छ । विस्थापितहरूले आफ्ना परिवारजनको खोजी पनि गरिरहेका छन् ।
आँधीकै कारण कसैको मृत्यु भएको खवर भने आएको छैन । (रासस÷एएफपी)