काठमाडौं– साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज आइतबार बजार परिसूचक नेप्से १०.५४ अंक ९०.५६ प्रतिशत० ले गिरावट भएर १८८३.१६ अंकमा बजार बन्द भएको हो ।
नेप्सेसँगै होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । आइतबार हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।
आइतबार नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ । १७ कात्तिकपछि कारोबार रकम १ अर्बबाट झरेको छ । आइतबार शिवम् सिमेन्टको सर्वाधिक १० करोड ३९ लाख ६ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख ५२ हजार र नबिल बैंकको २ करोड ३८ लाख २६ हजारको कारोकार भएको छ ।
आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ ।
बिहीबार सूचीकृत कम्पनीमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ३.७४ प्रतिशतले वृद्धि हुँदा सिंगटी हाइड्रोपावरको ३.३५ प्रतिशत र गोर्खाज फाइनान्सको ३.१४ प्रतिशतले वृद्धि भएको छ । लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य भने सर्वाधिक ७.९० प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ३.७७ प्रतिशतले बढेको छ ।
यता नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ६.९० प्रतिशतले गिरावट हुँदा खराब वित्तीय विवरणले निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ६.४० प्रतिशतले गिरावट भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ १५:४५