काठमाडौं –नेपाल बजारमा सोमबार सुन तोलामा १ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ ११:२०