एजेन्सी– स्लोभेनियाले पहिलो महिला राष्ट्रपतिमा नतासा र्पिक मुसार पाएको छ ।
उनी पत्रकार तथा वकिल पनि हुन् भने मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् ।
उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । करिब २० लाख जनसंख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलको रूपमा नियुक्त गरिएको थियो।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ ११:५६