
काठमाडौं– नेपाली कमेडियन सिरियलमा दर्शकसामु राम्रै छाप बनाइरहेको सिरियल हो ‘तीतो पिरो’ । डिसहोमको रमाइलो टेलिभिजनबाट प्रसारण भइरहेको सिरियल दर्शकसामु लोकप्रिय बनिरहेको छ । उक्त सिरियल डिसहोमको रमाइलो टिभीमा हरेक आइतबार बेलुका ८ः३० मा प्रसारण हुँदै आइरहेको छ । ‘तीतो पिरो’ सिरियलले समाजमा घटेका तथा समसायिक विक्रितीलाई व्यंग्यमार्फत हँसाउदै आएको छ ।
डिस होमबाट सिरियल आउने भएका कारण गाउँघरतिर लोकप्रिय बनेको छ । गाउँघरको परिवेशमा निर्माण गरिएको गाउँघरमा लोकप्रिय बन्न सफल भएको सिरियलका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘शहरका दर्शकभन्दा गाउँघरतिर सिरियलको प्रभाव बढी देखिन्छ । त्यस कारण गाउँकै परिवेशमा सिरियल निमार्ण गरेका हौँ ।’ अर्का कलाकार श्रीदेव आचार्यले भने, ‘सिरियलमा आफू पण्डित बाजेको भुमिका निभाइरहेको छु । आफुलाई सुहाउँदो र राम्रो निर्देशनका कारण सिरियलमा अभिनय गर्न राजी भएको हो ।’
समसायिक विषयमा निर्माण गरिएको सिरियल ३२ भाग प्रसारणको तयारीमा रहेको छ । उक्त सिरियलमा रामचन्द्र अधिकारी ,लक्ष्मी श्रेष्ठ, श्रीदेव आचार्य ,अनिश खतिवडा, लक्ष्मण चौलागाईँ (खिन्ते काका) रोहिनी राउत, धर्म भण्डारी, गंगा थापा, भोला अधिकारी, समीर राई, शान्तिदीप रेग्मी, गोवद्र्धनलगायतको अभिनय । अनमोल कृष्णको कथा तथा पटकथा रहेको सिरियलमा ज्ञानेन्द्र कोइरालाको निर्देशन छ ।