
इटहरी– विभागीय टिम त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । इनरुवामा शनिबार सम्पन्न फाइनलमा विभागीय अर्को प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।
इनरुवा रंगशालामा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस २४ ओभर ४ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । यस्तै अमित श्रेष्ठले २३ रन जोड्दा अनिल साहले २१ रन बनाए । आर्मीका सुशन भारीले ४ विकेट लिए । साहब आलमले ३ र कुशल मल्लले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८४ रन बनाएको थियो । आर्मीको लागि कप्तान बिनोद भण्डारीले ४० रन बनाए । यस्तै राजेश पुलामीले ३१ रन जोड्दा राजु रिजालले २२ रन बनाए । बिक्रम शोबले १५ तथा कुशल मल्लले १३ रन बनाए ।
पुलिसका सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले ३÷३ विकेट लिए ।
उपाधिसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख ५ हजार प्राप्त ग¥यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सुशन भारी चुनिए । उनले ५५ हजार रूपैयाँ हात पारे । उनले ४ खेलमा कुल १५ विकेट लिए । यस्तै प्रतियोगिताको उत्कृष्ट बलर सुदुरपश्चिमका विनोद लामा र उत्कृष्ट ब्याट्सम्यान आर्मीका कुशल मल्ल चुनिए । दुबैले जनाले २१ हजार रूपैयाँ प्राप्त गरे ।