काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणको खेल शुक्रबारबाट सुरु भएको छ । यसै क्रममा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एउटा नतिजाबिहीन र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेल नतिजासहित सम्पन्न भएका छन् । शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई २–० ले गोलअन्तरले पराजित गरेको छ भने दोस्रोे खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
पुलिसलाई जित दिलाउने क्रममा नेपाल पुलिस क्लबका लागि सौजन राई र सुमन सुवेदीले एक÷एक गोल गरे । पुलिसले दुवै हाफमा एक÷एक गोल गरेको थियो । खेलको २७ औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई १(० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४८ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए ।
खेलमा जावलाखेलले पनि गोलको केहि अवसर बनाएको थियो । तर, पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पुलिससँग पराजित भयो । जावलाखेललाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । लिगमा तेस्रो जित निकालेको पुलिसले ७ खेलमा ११ अंक जोडेको छ । जावलाखेल भने लिगको छैटौँ स्थानमा छ । जावलाखेलको ७ खेलमा ९ अंक रहेको छ ।
त्यस्तै दशरथ रंगशालामा प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता थ्री स्टारले बनाएको थियो ।
२० औँ मिनेटमा भारतीय खेलाडी लालरम्मावियाले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले पछि परेको मनाङ दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो । खेलको ४९ औं मिनेटमा अन्जन बिष्टले पेनाल्टीमा गोल गर्दै मनाङलाई १–१ को बराबरीमा ल्याए । आङ्खनो डिबक्समा अशोक खवासले अन्जनलाई फउल गर्दै लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । जसलाई उनले सदुपयोग गरे । थ्री स्टारविरुद्धको गोल अन्जनको यस सिजनको पहिलो गोल हो ।
यस्तै खेलको ६९ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । कप्तान कमल श्रेष्ठले करिब ३५ यार्डबाट उपलब्ध गराएको फ्रिकिकमा अन्जनले हेड गोल गरे । तर, खेलको ८३ औं मिनेटमा लालरम्मावियाले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई हारबाट जोगाए । डिबक्स भित्र पाएको बललाई उनले सहजै गोल गरे । यससँगै लालरम्मावियाले डेब्यु खेलमा थ्री स्टारका लागि दुई गोल गर्न सफल भए ।
खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए । थ्री स्टारसँगको बराबरीसँगै मनाङले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । १३ अंक जोडेको आर्मी शीर्ष र मछिन्द्र दोस्रो स्थानमा रहेको छ । चौंथो स्थानको थ्री स्टारले ७ खेलमा ११ अंक जोडेको छ ।