बर्दिया-भ्रष्टाचार बिरुद्ध क्रियाशिल
संस्था बासको बर्दिया शाखा अध्यक्षमा खुमेस सुवेदी निर्बाचित भएका छन् ।
शनिबार गुलरियाको खैरापुर स्थित कृष्णसार क्षेत्रमा सम्पन्न साधारणसभाले सुबेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको उपाध्यक्षमा पबित्रा शर्मा, सचिबमा ईश्वर बि.क., सह–सचिबमा ईन्द्रा बिक र कोषाध्यक्षमा सत्य प्रकास यादब चयन भएका छन् । यसैगरी शाखाको सदस्यहरुमा क्रमशः तुलबहादुर नेपाली, जितेन्द्र यादब, गोमा महतो, मनिषा सुबेदी, सीता बि.क. र श्रृष्टी शर्मा चयन भएका छन् ।
साधारणसभामा बासका केन्द्रीय अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य नैन सुन र बासका कार्यक्रम संयोजक शम्भु शाहीको उपस्थिती थियो ।