काठमाडौं- शेयर बजार नेप्से आज मंगलबार ६.५९ अंकले घटेको छ । सोमबार दोहोरो अंकले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हो ।
नेपाल स्कट एक्सचेन्जका अनुसार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा रोकिएको छ । १८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ ।
२७ लाख ४५ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रूपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीमा ८ करोड २२ लाख ३४ हजारभन्दा बढी र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९७ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सिटिजन म्युचुअल फण्ड ४.५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २.९३ प्रतिशतले वृद्धि भएको छ । उपसूचक कम्पनीहरू बैंकिङ ०.०८ प्रतिशत, निर्जीवन बीमा ०.०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ०.३० प्रतिशतले वृद्धि भएको र अन्य उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९ १६:२२