काठमाडौं –नेपाली बजारमा बुधबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३२५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९ ११:४१