बनेपा – घाँस झार्दा रुखबाट लडेर काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको शनिबार मृत्यु भएको छ । लामो समयदेखि वडासचिव रहनुभएका ५० वर्षीय सत्याल घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा रुखबाट लडेर घाइते हुनुभयो र अस्पतालमा लैजाने क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६ ०९:३४