डडेल्धुरा – अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहान पहिरो गएको छ । पहिरोका कारण रुख ढलेपछि दशरथचन्द राजमार्गमा अवरोध पैदा भएको छ । राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार साना सवारी साधन चले पनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन् । दिनहुँको वर्षा र हिमपातपछिको पहिराले बैतडी, बझाङ र दार्चुलादेखि आउने जाने सडकमा अवरोध पैदा भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६ ०९:५२