डोटी – सुदूरपश्चिममा अत्याधिक मात्रामा रहेको छाउपडी प्रथाको उन्मुलन गर्नुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताउनुभएको छ ।
मन्त्री गुरुङ छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमणमा हुनुहुन्थ्यो र भ्रमणकै क्रममा छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएको उहाँले बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री गुरुङले भन्नुभयो, “छाउपडी प्रथाकाकै कारण कयौँ महिला दिदीबहिनीको अकालमै ज्यान गइसकेको छ, ज्यान जाने प्रथा किन मान्ने ?” उहाँले भन्नुभयो, “एमसीसी नेपाल र नेपालीको हितमा छ, अनावश्यक विवाद गर्नु जरुरी छैन् ।” उहाँको अनुसार एमसीसीबारे बहस हुनु राम्रो भए पनि अनावश्यक विवाद उचित नभएको र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुने छ । सांसद प्रेमबहादुर आलेमगरसहितको टोलीसँग मन्त्री गुरुङ छाउपडी प्रथाको बारेमा बुझ्न आजै अछाम जानुभएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६ १०:१५