एजेन्सी - फुटबलको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल एउटा खेलभन्दा पनि धेरै ठूलो कुरा भएको र यसले मानिसहरूलाई एक ठाउँमा ल्याउने ‘अद्वितीय जादुयी’ शक्ति भएको बताएका छन् ।
कतारमा हुने सन् २०२२ को फिफा विश्वकपको पूर्वसन्ध्यामा सिन्ह्वालाई दिएको विशेष अन्तर्वार्तामा इन्फान्टिनोले फुटबलले विश्वलाई एकताको सन्देश दिने बताएका हुन् ।
इन्डोनेसियाको बालीमा जारी जी–ट्वन्टी शिखर सम्मेलनमा भाग लिने क्रममा इन्फान्टिनोले विश्वका नेताहरूलाई तनाव र द्वन्द्वलाई त्यागेर कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने चतुष्कोणीय फुटबल प्रतियोगिताको आनन्द लिन आह्वान गरेका छन् ।
उनले भने “विश्वकप खुशी र एकताको अवसर हुनुपर्छ । यसले आशाको सन्देश दिनुपर्छ ।” फिफा प्रमुख इन्फान्टिनोले थप्नुभयो, “फुटबल पनि एक महत्वपूर्ण आर्थिक गतिविधि हो ।
यसको विश्वव्यापी कूल आम्दानी सयौं अर्ब अमेरिकी डलर छ । यसले लाखौं रोजगारी सिर्जना गर्दछ र आर्थिक वृद्धिलाई बढावा दिन्छ ।” “यो वृद्धि, आर्थिक वृद्धिको कुरा हो,” उनले भने इन्फान्टिनोले कतारमा हुने फिफा विश्वकपमा विश्वको जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् पाँच अर्ब मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
सन् २०३१ मा फिफा महिला विश्वकप आयोजनाका लागि चीनको योजना रहेको उल्लेख गर्दै इन्फान्टिनोले फुटबल क्लब र युवा फुटबलमा चीनको संलग्नतासँगै यो कदमले फुटबल विकासमा क्षेत्रीय असन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्ने र खेलको समग्र विकासका लागि महत्वपूर्ण रहेको उहाँको धारणा थियो ।
इन्फान्टिनोले भने, “फुटबलले मानिसको भावनालाई छुन्छ । यसले आवेगसँगै र समावेशीकरणलाई महत्व दिन्छ ।” उनले भने, “जब तपाईं केटी वा केटालाई बल दिनुहुन्छ, वा अलि ठूलो उमेरको व्यक्तिलाई पनि बल दिनुहुन्छ, उनीहरू यसबाट खुसी हुन्छन्, मुस्कुराउन थाल्छन् । यसमा शत्रुतालाई एकतामा परिणत गर्ने गुह्य लुकेको छ ।”
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९ ०९:०४