काठमाडाैं - निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ ।
यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र आयोगले उपलब्ध गराउने भएको हाे ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधि सभा तथा प्रदेश सभातर्फका उम्मेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उम्मेदवारहरूलाई आयोगको वेबसाइटमा हेरेर दिने निर्णयआयोगले गरेकाे छ ।
साे वेबसाइटमा रहेको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतकोे जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएकाे ढाँचामा परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिलला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९ १८:५१