काठमाडाैं - गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
उनले गत वैशाखमा पनि एकैदिन देशभर एकै चरणमा शान्तिपूर्ण र निष्पक्ष चुनाव गराएको भन्दै यसपटक पनि त्यस्तै चुनाव हुने बताए ।
‘स्थानीय तहको चुनाव विभिन्न चरणमा गर्ने गरेकामा यस वर्ष हामीले एकैदिन बडो सौहाद्र्रपूर्णरुपमा निष्पक्षरुपमा सम्पन्न गर्यौं, हामीलाई यसबाट पनि आत्मबल बढेको छ, अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौं, मतदान ढुक्कले गर्नुहोला,’ गृहमन्त्री खाणले बिहीबार बुटवलमा भने ।
मुलुकका चारवटै सुरक्षा निकायका बीचमा चुस्त समन्वय रहेको तथा हिमाल पहाड र तराईमा चुनाव क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सुरक्षा व्यवस्था अपनाइएको दाबी उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९ ०८:२६