काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् । आइतबार अपरान्ह बालकोटमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘चुनावले राम्रो नतिजा आउने अपेक्षा गरेको छु । तरपनि युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयास भएका छन् । तर सचेत नेपाली जनताले परास्त गरेको देख्छु’, ओलीले मतदान गर्न बाँकी रहेका मतदाताहरूलाई पनि आग्रह गरेका छन् । उनले आजको दिन देशकै लागि महत्वपूर्ण रहेको पनि बताए ।