काठमाडौं - काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ ।
बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिए ।
यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द्रमा मतदान भएको थियो ।
यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ वडा पर्छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा (एमाले) का कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ ११:४५