काठमाडाैं - साहित्यकार पशुपति कर्माचार्यलाई सम्मान गरेको छ ।
न्यूजील्याण्ड साहित्य समाजले कर्माचार्यलाई ‘नेसास साहित्य सिर्जना सम्मान पुरस्कार २०२२’ र ३ वटा संस्थाहरुलाई ‘नेसास साहित्य सम्मान पुरस्कार २०२२’ प्रदान गरेको हो ।
नेसासका सल्लाहकार डा भोला प्रधानले टोकन अफ लभ, नेसासका अध्यक्ष डा बिरेन्द्र केसीद्वारा ‘नेसास साहित्य सिर्जना सम्मान पुरस्कार २०२२’ प्रमाणपत्र र नेसासका संस्थापक सल्लाहकार बाबुराजा महर्जनले दोसल्लाहा ओढाएर कवि कर्माचार्यलाई सम्मान गरेका छन् ।
काभ्रे जिल्लाको बनेपामा सन् १९४५ मा जन्मिएका कर्माचार्य २०२२ सालदेखि साहित्य सिर्जनामा लागेका हुन् । उनले न्यूजिल्याण्ड साहित्य समाजका संस्थापक अध्यक्ष भएर साहित्य प्रेमीहरुलाई गोलबद्ध गर्दै र साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्री नेपाली साहित्यलाई संस्थागत गर्ने कार्यको सुभारम्भ गरेका थिए ।
कर्माचार्यका ‘यादका आयामहरू’(२०६१), मुटुमा बुद्ध बोकेर (२०७४), समानताको चिराग बोकेर (२०७८) गरी तीनवटा कविता संग्रह र फूलका थुङ्गा (२०६७) तथा रुखमा बुद्ध (२०७४) हाईकु–सेनु संग्रह गरी ५ वटा कृति प्रकाशित भइसकेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १६:१४