पर्वत–सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा स्थायी गुट र शिविर राख्ने कुरा गलत भएको बताएका छन् ।
प्रेस संगठनले कुस्माबजारमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले स्थायी गुट र शिविर राख्ने कुरा गलत भएकोले आपूm त्यसको विपक्षमा रहेको पनि स्पष्ट पारे । उनले आफु सधै स्थायीरूपमा गुटबन्दी विपक्षमा रहेको जानकारी गराए ।
उनले पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी नभएको पनि स्पष्ट पारे । उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै छैन् ।’
उनले एमसीसी राष्ट्रहितमा हुने गरी पार्टीको सचिवालयले एकमतले निर्णय पारित गर्ने पनि जानकारी गराए । पार्टीका सचिवालय र स्थायी समितिका सदस्यसमेतले एमसीसीका बारेमा फरक फरक धारणा सार्वजनिक गर्दै आईरहेका छन् । प्रवक्ता श्रेष्ठले अहिले मत विभाजनको अवस्था देखिए पनि यसका बारेमा पार्टीका नेता कार्यकर्ताको समान धारणा हुने विश्वास व्यक्त गरे ।
उनले एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइने पनि जनाए । उनले पार्टी सचिवालयले एकमतले नै पारित गरेर एमसीसी राष्ट्रको हितमा हुनेगरी अघि बढाइने बताए । उनले हरेक विषयमा छलफल भए जस्तै एमसीसीको विषयमा पनि छलफल हुनु स्वभाविक भएको बताए ।
उनले जुन सुकै विषयमा छलफल भएपनि पार्टीको सचिवालयलाई निर्णय गर्ने अधिकार भएको बताए । उनले कुनै पनि नेता कार्यकर्ताले एमसीसीका विषयमा तनाब लिन आवश्यक नभएको तर्क गरे । उनले सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा भएकाले राष्ट्रहितलाई हेरेर नै अघि बढ्ने प्रतिवद्धता जनाए ।