न्युजिल्याण्ड - न्युजिल्याण्डले मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने निर्णय गर्ने भएको छ । देशका सांसदले राष्ट्रिय मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्नेनझार्ने भन्ने विषयमा आज मतदान गर्ने भएका छन् ।
देशको सर्वोच्च अदालतले १६ र १७ वर्ष उमेर समूहका जनसङ्ख्यालाई मतदान गर्न अनुमति नदिने उमेर भेदभावको रुपमा फैसला आएपछि प्रधानमन्त्री जसिन्डा अर्डेनको उक्त घोषणा सार्वजनिक गरेका हुन् ।
उनले व्यक्तिगतरुपमा उमेर घटाउने पक्षमा रहेको बताउँदै त्यसनिम्ति सांसदको बहुमत अर्थात् सात सय ७५ मत आवश्यक पर्छ । उदारवादी लेबर पार्टीकी नेत्री उनले मतदानको उमेर परिवर्तन गर्न सांसदको स्पष्ट अभिमत आत्यावश्यक भएको बताइन् ।
विश्वका धेरै देशले मतदाताको उमेर घटाउने सम्बन्धमा बहस गरिरहेका छन् भने अष्ट्रिया, माल्टा, ब्राजिल, क्युबा र इक्वेडरले १६ वर्षमा नै मतदानको अधिकार दिएका छन् ।
न्युजिल्याण्डको ‘मेक इट सिक्सटिन’ अभियानका सहनिर्देशक सनत सिंहले अदालतको निर्णयबाट आफू अत्यन्त उत्साहित भएको बताउँदै आजको दिन आफ्नो अभियानका निम्ति मात्र नभई देशका लागिसमेत ऐतिहासिक भएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ०८:५०