काठमाडौं– ‘किड्डी फेस अफ दि इयर–२०२०’को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन् । आगमन बालक सिनियरतर्फ शिर्ष बिजेता चुनिँदा बालिकातर्फ पेमा डोमा लामा सिनियर र तहिस्मा चौहान जुनियरतर्फ विजेता घोषित भए ।
तीनैजना बिजेताले उपाधिका साथै बिभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे । कार्यक्रममा तीनै बिजेताले अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने समेत आयोजकले जनाकारी दियो ।
शनिबार अबेर राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फष्ट रनरअप, केन्द्रीत पौडेल सेकेन्ड रनरअप भए भने बालक जुनियरतर्फ प्रतिक भट्ट फष्ट रनरअप र जयश अग्रवाल सेकेन्ड रनरअप भए । त्यस्तै, बालिका सिनियरतर्फ ग्रेसी शाक्य फष्ट रनरअप र रिजा सिंह सेकेन्ड रनरअप भए भने जुनियरतर्फ फष्ट रनरअप ओजस्वी शाक्य र सेकेन्ड रनरअप समिरा मकाला चुनिए । ९ देखि १४ बर्षसम्मका ७ बालक र २५ बालिका गरेर ३२ सहभागी रहेको प्रतियोगितामा बालबालिकालाई जुनियर र सिनियर गरेर छुट्याइएको थियो ।
बालबाललिकाको ब्यक्तित्व बिकाश, क्षेमता अभिबृिद्ध गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरूलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको जनाएको छ ।
निलिमा मास्के श्रेष्ठ (गीतकार तथा समाजसेवी), रोजिका पोखरेल (बिजेता मिस टिन कन्टेष्ट), आस्मा गिरी (चलचित्र अभिनेत्री), मधुसुदन भट्टराई (चलचित्र निर्देशक), आशिष थापा लगायत प्रतियोगिताको निर्णायक रहेका थिए । कार्यक्रममा बालबालिकालाई बिभिन्न आकर्षक पहिरनमा र्याम्पवाकसमेत गराइएको थियो । प्रतियोगिले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।