एजेन्सी– चर्चित हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिएका छन् । उनले आफ्नो स्वस्थ्यलाई ध्यानमा राखेर अभिनयबाट ब्रेक लिएका हुन् । थोर र एभेन्जर्स फ्रेन्चाइजीमा अभिनेता क्रिसले एक शोको दौरानमा अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् । उनको अभिनयबाट विश्राम लिएर स्वास्थ्य र परिवारलाई ध्यान दिने सोच रहेको बताएको छ ।
क्रिसमा अल्जाइमरको रोगको लक्षण पुष्टि भएको छ । आफुमा रोग देखिएपछि उनी अभिनय भन्दा स्वास्थ्यमा बढी ध्यान दिन चाहन्छन् । ‘म कुरालाई घुमाएर गर्न पनि चाहन्नँ र नाटकीय पनि बनाउदिनँ । म मेरो काम पूरै छोड्दिनँ । तर पछिल्लो समय केही समयको लागि विश्राम लिनुपर्ने अनुभूति भएको छ,’ उनले भने, ‘अहिले म मेरा सबै प्रोजेक्टहरु पूरा गर्न व्यस्त छु । जसका लागि मैले सम्झौतामा हस्ताक्षर गरेको छु । मेरा बाँकी सबै काम सकिएपछि म घर जानेछु र केही समय विश्राम लिनेछु ।’ विश्रामको समय छोराछोरी र श्रीमतीसँग बिताउने बताएका क्रिसले आफ्नो बुबालाई पनि अल्जाइमर रोग भएको जानकारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ११:३५