काठमाडौं– नेप्से परिसूचक भने ७ अङ्कले घटेको छ। नेप्से ले जनाए अनुसार चुनावपछि खुलेको बजार ७.१३ अङ्कले घटेको हो । आज ५२ कम्पनीका स्क्रिप्टको मूल्य बढेको छ भने १३२ कम्पनीको स्क्रिप्टको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।
आज १ अर्ब ३५ करोड २८ लाख रुपैयाँमा ३७ लाख ६३ हजार कित्ता सेयर कारोबार भएका छन् । घटेको बजारमा पनि जानकी फाइनान्स, खप्तड लघुवित्त, धौलागिरि लघुवित्त सयपत्री हाइड्रो, सिद्धार्थ इक्वीटीका लगानीकर्ताको सम्पत्ति भने बढेको छ । किनभने यी कम्पनीका सेयरको मूल्य बढेको छ । सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको सेयरको भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १५:४६