एजेन्सी-नाइजेरियामा मङ्गलबार भएको बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस एकआपसमा जुधेको थियो ।
बसमा सवार रहेका यात्रुमध्ये कम्तीमा पनि ३७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
बोर्नो प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताएको हो । यसरी बस ठोक्किँदा बसमा आगो लागेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १२:५३