काठमाडौं– डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले)का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र) का नेता शिव सिंह ओली विजयी भएको छ ।
प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएको हो । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय ७९ मत प्राप्त गरेको छ भने कांग्रेसका सिंहले १४ हजार आठ सय २९ मत ल्याएको छ ।
अर्का उम्मेदवार हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले पाँच सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले सात सय ५५ मत प्राप्त गरेको छ ।
यहाँ ३३ हजार तीन सय २२ मत खसेको थियो । एक हजार नौ सय १९ मत बदर भएको छ ।
प्रदेशसभा २ तर्फ लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज शिवा सिं ओलीले एमाले उम्मेदवार टेक बमलाई नौ सय १९ मतले पछि पार्दै विजयी भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १५:५२